काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनमा सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आज दिउँसो साढे ३ बजेबाट मतदान गरिने भएको बताइएको छ ।

निर्वाचन समितिका अनुसार सोमबार मतदान भएका स्थानहरूबाटै आज पनि मतदानको व्यवस्था मिलाइने छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने काङ्ग्रेस विधानअनुसार सभापतिमा पुनः मतदान हुन लागेको हो ।

जसअनुसार दोस्रो चरणमा शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नुभएको छ भने डा. शेखर कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गर्नुभयो । यस्तै, तेस्रो स्थानमा प्रकाशमान सिंहले ३ सय ७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २ सय ४९ मत र कल्याण गुरुङले २० मत प्राप्त ल्याउनुभएको छ ।