काठमाडौं – नेपाली काङ्ग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३ सय ७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । पहिलो चरणमा निर्वाचित हुन देउवालाई ८२ मत अपुग भएको हो ।

अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३ सय ४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।