काठमाडौं – नेपाली काङ्ग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदानको अहिले मतगणना जारी रहेको छ ।
सभापतिमा ३ हजार ९ सय ७७ मत गन्दा शेरबहादुर देउवाको १ हजार ९ सय मत आएको छ । यस्तै डा. शेखर कोइरालाले १ हजार ४ सय ६७ मत ल्याएका छन् । प्रकाशमान सिंहले २ सय ९६ मत ल्याएका छन् । यस्तै विमलेन्द्र निधिले २ सय ३० मत प्राप्त गर्दा कल्याण गुरुङले २० मत पाएका छन् ।