काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा मतदान नगर्ने हुनुभएको छ । लामो समय संस्थापनइतर खेमाको नेतृत्व सम्हाल्दै आउनुभएका पौडेलले मतदानमा सहभागी नहुने निर्णय लिएको उहाँका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो । पौडेल लामो समय संस्थापन इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिनुभएको हो ।

वरिष्ठ नेता पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा देखिनुहुन्थ्यो । उहाँ सभापतिका आकाङ्क्षी समेत हुनुहुन्थ्यो । तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएर मतदानमा नै सहभागी नहुने घोषणा गर्नुभएको थियो ।

काङ्ग्रेसको सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा वर्तमान सभापति शेरबहादुर देउवा प्रकाशमान सिंह शेखर कोइराला विमलेन्द्र निधि र कल्याण गुरुङ कांग्रेस सभापतिको प्रतिस्पर्धामा हुनुहुन्छ । आज १ सय ३४ पदका लागि चुनाव हुँदैछ ।