फाइल तस्वीर ।
काठमाडौं – नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा पार्टीको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले सभापति पदका अर्का प्रत्याशी डा.शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका युवा नेता न्यौपानेले पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै हिजो शनिबार सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । युवा नेता न्यौपानेले आफूले उठाएका मुद्दा डा. शेखर कोइरालाको प्यानलसँग मिलेको हुँदा आफ्नो समर्थन कोइरालालाई भएको बताएका छन् ।