काठमाडौं – नेपाली काङग्रेसको चौधौं महाधिवेशनमा दुई नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै जनाले प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो । त्यस प्रदेशबाट खुल्ला केन्द्रीय सदस्यमा जङ्गीलाल रायले उम्मेदवारी दर्ता गराउनु भएको थियो । तर उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिनुभएको हो । ढुङ्गाना र रिजाल दुवै संस्थापन पक्षका नेता हुनुहुन्छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी कार्यसमितिको लागि हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका रहेको निर्वाचन समिति सदस्य रावलले जानकारी गराउनु भएको छ ।