फाइल तस्वीर ।
काठमाडौं – नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा सभापति पदको प्रत्यासी बन्नुभएका नेता डा. शेखर कोइरालाले आफु सभापतिमा निर्वाचित हुनका लागि सात वटा सङ्कल्प सार्वजनिक गर्नु भएको छ । महाधिवेशनबाट आगामी नेतृत्वको लागि सभापति पदमा कोइराला सहित छ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।


नेता डा. शेखरले ‘यसपटक र यसैपटक’ भन्दै सात सङ्कल्प प्रस्तुत गर्नु भएको छ । संस्थापनइतर समूहबाट दुई जनाले सभापतिमा उमेदवारी दिनु भएको छ । प्रकाशमान सिंह र शेखरको भिडन्तले संस्थापन पक्षलाई फाइदा पुग्ने देखिन्छ । यस पटक पहिलो चरणबाट नेतृत्वका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन सक्ने अवस्था छैन । सभापतिमा छ जनाको उम्मेदवारी परेकोले नेतृत्वका लागि दोस्रो चरणमा निर्वाचन गर्नु पर्ने आङ्कलन गरिएको छ ।


सभापतिका आकाङक्षी डा. शेखर कोइरालाले प्रस्तुत गरेका सात सङ्कल्पहरु यस्ता रहेका छन् ।
१. संविधान कार्यान्वयनको प्रतिबद्धता

२. वैचारिक स्पष्टता, सुदृढ सङ्गठन, विधानको पूर्ण पालना


३. क्रियाशील र जिम्मेवार भातृ एवम् शुभेच्छुक सङ्गठन

४. अनुभव र ऊर्जासहितको सशक्त काङ्ग्रेस निर्माण


५. पारदर्शी निर्णय, जवाफदेशी नेतृत्व, उत्तरदायी पार्टी ६.

सहभागितामूलक लोकतान्त्रिक अभ्यास


७. प्रशिक्षित कार्यकर्ता, मजबुत सङ्गठन