काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ । पार्टीले निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन भइसकेको छ ।

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने भएको छ । आज साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनय दर्ता उपर दाबी विरोध र जाँचबुझ गर्ने निर्वाचन तालिका रहेको छ । निर्वाचन समितिले आज बेलुका ७ बजेदेखि ९ बजेको समयलाई दाबी विरोध उपर निर्णय गर्ने समय छुट्टाएको छ । ९ बजेदेखि १२ बजेभित्र उमेदवारको पहिलो नामावली प्रकाशन हुनेछ ।

उमेदवारहरुले मनोनय फिर्ता लिनु परे २६ गते बिहान ११ बजेसम्मको समय निर्धारण समितिले गरेको छ । सोही दिन मध्यान्न १२ बजेर १५ मिनेमा उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि आगामी सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।