काठमाडौं – नेपालका लागि विभिन्न पाँच मुलुकबाट तोकिएका गैह्रआवासीय राजदूतहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उहाँहरूले सो प्रमाणपत्र पेश गर्नुभएको हो ।


प्रमाणपत्र पेश गर्नुहुनेमा गैह्रआवासीय राजदूहरू नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।