काठमाडौं – नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक अवरुद्ध अवस्थामा रहेको बताउनुभएको छ । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पौडलले भन्नुभयो जुन किसिमले राजनीति अघि बढिरहेको छ, नेपाल अवरुद्ध अवस्थामा छ । संसद् चलिरहेको छैन । सर्वोच्च अदालत अस्तव्यस्त अवस्था छ । सरकार गतिहीन छ । पार्टी भद्रगोल छ । परिवर्तनअनुसार हामी अघि बढ्न सक्यौँ कि सकेनौ ? आत्मसमीक्षा र आत्म मूल्याङ्कन गर्नुपर्छ ।

पार्टी बाट नेता तथा कार्यकर्ताको उचित मुल्याङ्न हुन नसकेको भन्दै पौडेलले काङ्ग्रेसभन्दा कम्युनिस्ट किन पछि प¥यो भनेर समीक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो यसको समीक्षा गर्दै नेतृत्वले कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने र कार्यकर्ताले पनि नेतृत्वको मूल्याङ्कन गर्ने हैसियत राख्नुपर्छ । उहाँले काग कराउँदै छ र पिना सुक्दैछ भनेजस्तो गरिए पार्टी बन्न नसक्ने भन्दै पार्टीभित्र झाङ्गिँदो विकृतिलाई अन्त्य गर्नुपर्ने बताउनु भयो ।