काठमाडौं – नेपाली काङ्ग्रेसको संस्थापनइतर समूहले सहमतिमा साझा उम्मेदवारबारे अझै टुङ्गो लगाउन सकेको छैन । महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतको बैठक बसेर उम्मेदवार तय गर्ने निर्णयमा नेताहरु सहमत भएका छन् । महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल बोलाइएको हो ।

पौडेलले वक्तव्य जारी गरेर महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि संस्थापनइतरका नेताहरु पौडेल निवास बोहोराटार पुगेका थिए । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन सहमत गराएका छन् । साँझसम्म साझा उमेदवार तय गर्ने नेताहरुले प्रतिबद्धता जनाएपछि पौडेल उद्घाटनसत्रमा सहभागी हुन तयार हुनुभएको हो ।

आज बिहानै पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकाङ्क्षीहरू सहितलाई राखेर साँझ बैठक गर्ने निर्णय भएपछि नेताहरु बैठकबाट निस्किउका हुन् । पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए ।