काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी हुनुभएको छ । थापा एक हजार ४ सय १३ मत पाएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३ सय ४७ मत प्राप्त गर्नुभएको थियो ।

नाडाको निर्वाचनमा थापा र चौधरी प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको थियो । थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई विजयी हुनुभएको छ ।