काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सामेल हुनका लागि मित्र राष्ट्र भारतबाट चारजना नेता नेपाल आएका छन् । आजदेखि सुरु हुने काङ्ग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुनका लागि छिमेकी मुलुक भारतबाट चार नेता आजै काठमाडौं आइपुगेका हुन् ।

( भाजपा) नेता हर्ष बर्धन

काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेको बताउनुभयो । उहाँका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेता हर्ष बर्धन र तृणमूल काङ्ग्रेस नेता मुकुल रोयसहित चार जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।

अन्य मित्र राष्ट्रका प्रतिनिधिहरुलाई समेत निम्ता गरिएको भएता पनि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि उपस्थित नहुने भएको बताइएको छ ।