काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार दिउँसो : प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने आइतबार देशको पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।