काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि एकपटक यसैपटक भन्ने अभियान सुरु गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो अभियान सार्वजनिक गर्दै सभापतिको दौडबाट पछि नहटेको स्पष्ट पार्नुभएको हो ।
सभापतिको आकाङ्क्षीमा रहनुभएका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशाङ्क कोइराला र शेखर कोइराला सभापतिको दौडमा हुनुहुन्छ । संस्थापन इतर समूहमा पौडेल र शशाङ्कले सहमतिका लागि आफूहरु बाधक नहुने बताएता पनि सिंह र शेखरले भने आफ्नो अडान छोड्नुभएको छैन ।

मङ्गलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा संस्थापनइतर पक्ष छलफलमा जुटेको जुट्यै गर्दा पनि आजसम्म सहमतिका लागि भएको छलफलबाट कुनै निकास निस्कन सकेको छैन ।