फाइल तस्वीर ।

काठमाडौं– आगामी राष्ट्रिय सम्मेलनको तयारीलाई लिएर नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भरखरै सुरु भएको छ । पार्टीको दुई दिनपछि हुने प्रदेश सम्मेलनका बारेमा पनि आज बस्ने स्थायी समितिको बैठकमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ । पाटीले यसअघि वडा र पालिकाको सम्मेलन सम्पन्न गरिसकेको छ ।

आजको बैठकमा पार्टी विधानमा देखिएका केही अस्पष्टता बुँदाहरुमा पनि छलफल गर्ने र आवश्यक निर्णय गर्ने बताइएको छ । खासगरी प्रादेशिक संरचनाका बारेमा माओवादी केन्द्रमा केही अस्पष्टता रहेको पार्टी सचिवालयले बताएको छ ।

माओवादीले यसअघि प्रदेशमा पाँच सदस्यीय पदाधिकारी, प्रदेश कार्यालय, प्रदेश सचिवालय, प्रदेशका विभाग, जवसका इन्चार्ज र जिल्ला समन्वय समिति लगायत रहने गरी पार्टीको साङ्गठनिक संरचना निर्माण गरेको थियो । उक्त संरचनामा केन्द्रीय सदस्यको प्रदेशमा के कस्तो भूमिका हुने भन्ने प्रस्ट नरहेकोले त्यसलाई प्रष्ट्याउने बताइएको छ । नेकपा माओवादी अन्य राजनीतिक दलहरुको जस्तै बहुपदीय संरचनामा जाने भएको छ ।