काठमाडौ – नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीको संख्या थप गर्न सक्ने पनि बताइएको छ ।