सर्लाही – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शङ्कर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । नेपाल सांस्कृतिक सङ्घको महामन्त्री समेत रहनुभएका रिजाल ५ सय १३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।

दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका रिजालले मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकाहरुलाई घरभित्रकै प्रतिस्पर्धाको रुपमा बुझ्न आग्रह समेत गर्नुभएको छ । रिजालले भन्नुभयो‘, लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर , नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन् ।’

उहाँले १४ औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताउनुभयो । ‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रुपमा राख्न सक्छौँ । यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ,’ उहाँले भन्नुभयो ।