काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३ सय १९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

यस सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश भएको छैन । आधिकारिक सूची भने आगामी शुक्रबार अर्थात् यहि मङ्सिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

हेर्नुहोस् प्रारम्भिक नामावली