काठमाडौं – नेपाली काङ्ग्रेस सभापतिका आकाङ्क्षी रामचन्द्र पौडेलले भोलि बेलुकासम्म एकजना साझा उमेदवार टुङ्गो लगाउने बताउनुभएको छ । आज सिंह निवास क्षेत्रपाटी स्थित चाक्सीबारीमा भएको छलफलपछि उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “भोलि बेलुकासम्म हामीले साझा उमेदवार तोक्छौँ ।” बुधबार बिहान अनुपम फुडल्यान्डमा बैठक बोलाइएको छ । “सहमतिको निकै नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । सबै दृष्टिकोणबाट छलफल ग¥यौँ,” उहाँले भन्नुभयो, “महाधिवेशनमा पार्टी जोगाउन छलफल गर्छौँ । केही प्रक्रिया पूरा गरेर भोलि टुङ्गो लगाउछौँ ।”