काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग गर्दै अभियानका साथ आन्दोलनमा उत्रिएको नेपाल बारले राजनीतिक दलको सहयोग खोज्ने क्रमलाई निरन्तरता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल सहित अन्यदलका शीर्षनेताहरुसँग भेटी प्रधानन्यायाधीश जबराका राजिनामाबारे छलफल गरेको नेपाल बारका पदाधिकारीहरुले आज एमाले अध्यक्ष केपी ओलीसंग भेटेका छन् ।

बारका महासचिव लिलामणी पौडेल भन्नुहुन्छ, ’न्यायलयभित्रको समस्याका बारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्दैछौँ । अहिलेसम्मको अवस्थाका बारेमा जानकारी गराउछौँ ।’ यस अघि बारसंगको भेटमा प्रधानमन्त्री देउवाले राणालाई हटाउने बारे कुनै ठोस र सकारात्मक जवाफ नदिएपछि बारको टोली अलमलमा परेको थियो ।

उता दाहाल र नेपालले भने राणालाई हटाउन आफूहरुले सहयोग गर्ने बचन दिनुभएको थियो । महाअभियोग बाहेक अन्य विकल्पबाट राणा हटाउन नसक्ने अवस्था भएपछि संसदको सहयोग खोज्दै बार टोली ओलीलाई भेट्न लागेको हो । तर, न्यायलयको विषयमा एमाले अध्यक्ष ओलीले प्रधानन्यायधीशले मात्र राजीनामा दिएर समस्याको समाधान नहुने भन्दै परामादेश जारी गर्ने पाँच न्यायधीशले नै राजीनामा दिनुपर्ने दृष्टिकोण राख्दै आउनु भएको छ ।