फाइल तस्वीर

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।

सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि आज दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बस्ने भएको छ । काङ्ग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेको छ ।