काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि देखापरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्रोतले दिएको जानकारीअनुसार नेपालमा पनि ‘ओमिक्रोन’ भेरियन्टबाट दुईजना सङ्क्रमित देखा परेका छन् । तर यसबारेमा मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी गराएको छैन । ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित फेला परेकोले उच्च सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

नेपाल घुम्न आएका दुई जना विदशी नागरिकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको हो । उनीहरूबारे थप विवरण स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । विश्वमा नेपालसहित ३५ देशमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ काे सङ्क्रमण पाइएकाे छ ।