फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशमा कुनै शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री देउवाले बालुवाटारस्थित सरकारी निवासमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीका दौरानमा यस्तो धारणा राख्नु भएको हो ।


प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले देशमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आम कार्यकता र शुभचिन्तकलाई सडकमा उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनु भएको छ । आगामी महाधिवेशनबाट अर्को कार्यकालका लागि पनि आफु पार्टीको सभापति बन्ने दावी गर्नुभएको छ । नेपाली काङ्ग्रेसले यही मङ्सिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ ।