काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजदेखि सर्वोच्च अदालत उपस्थित हुनुभएको छ । प्रधानन्यायाधीश जबरा सङ्क्रमित भएपछि मङ्सिर ९ गते बलम्बुस्थित सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना हुनुभएको थियो । कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आए पछि अस्पतालबाट डिस्चार्ज हुनुभएका प्रधानन्यायाधीश जबराले केही दिन घरबाट अनलाईनमार्फत् अदालतको दैनिक कार्य हेर्ने खबर प्रकाशित भएको थियो ।


प्रधानन्यायाधीश जबरा विरुद्ध नेपाल बारले कार्तिक ८ गतेदेखि राजनीनामा माग गर्दै चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पतालमा भर्ना हुँदासमेत सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी नतोकी राणाले न्यायलयलाई चुनौती दिनुभएको आरोप लागेको थियो । पछिल्लो समय सर्वोच्चमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ । यता नेपाल बारको आन्दोलन पनि कमजोर बन्दै गएको देखिन्छ ।