काठमाडौं – काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई आज बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो । थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका स्कुटरको पछाडि सवार सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ ।

टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।