काठमाडौं – नेपाली काङ्ग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा र कर्णालीको सभापतिमा ललितजंग शाही निर्वाचित हुनु भएको छ । गण्डकीका शर्मा सस्थापन ईतर समूहबाट उम्मेदबार बन्नु भएको थियो भने कर्णालीका शाही सस्थापन समूहबाट उम्मेदबार बन्नु भएको थियो ।

कर्णालीका शाहीले ४ सय २२ मत प्राप्त गर्नुभएको थियो भने पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीले ३ सय ७१ मत र अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत प्राप्त गर्नुभएको थियो । यसै गरी गण्डकी प्रदेशको महामन्त्री पदमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी हुनु भएको छ ।