काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व राजेन्द्र लिङदेनले लिने हुनुभएको छ । उहाँ कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यद्यपि, पदाधिकारीमा भने अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलबाट उठ्नुभएका उहाँले २ हजार ५ सय २१ भोट ल्याउनुभयो ।

यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १ हजार ९ सय ४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ भोट ल्याएर विजयी भएका छन् । महिला उपाध्यक्षमा कमल थापा पक्षकी रोशन कार्की १ हजार ६ सय ८९ भोट ल्याएर विजयी भएकी छन् ।

यस्तै महामन्त्रीमा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २ हजार २ सय २१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १ हजार ८ सय ५ भोट ल्याएर विजयी भएकना छन् । महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २ हजार ८ मत ल्याएकी छन् । उनले रेखा थापालाई पराजित गरेकी हुन् ।

राप्रपा पदाधिकारी
अध्यक्ष
राजेन्द्र लिङ्देन

उपाध्यक्ष खुल्ला
विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान

उपाध्यक्ष (महिला)
रोशन कार्की

महामन्त्री (खुल्ला)
डा. धवलशमशेर राणा
भुवन पाठक
महामन्त्री (महिला)
कुन्ती शाही