काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले उक्त आरोप लगाउनुभएको हो । उहाँले आफूलाई ‘राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाउनुभयो ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’