काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आज आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय २७ मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो । अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए अनुसार लिङ्देन १ हजार ८ सय ४४ मतका साथ विजयी हुनुभएको हो । यस्तै पराजित थापाले १ हजार ६ सय १७ मत ल्याउनुभयो । मतगणनामा ४ सय ३१ मत बदर भएको बस्नेतको भनाइ छ ।