काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने र एमसीसी अनुमोदन गर्ने बिषय राजनीतिक सहमतिका आधारमा मात्र हुने बताउनु भएको छ ।

माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दे दाहालले भन्नुभयो “एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोग मात्र हो । प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन ।“

उहाँले यहि बिषयलाई लिएर गठबन्धन भत्काउने प्रयास भएको भन्दै गठबन्धनको भविष्यबारे ढुक्क हुन आग्रह गर्नुभयो ।