काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गत बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनबाट नेतृत्त्व हत्याउन वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

पार्टीको हिजो अध्यक्ष् ासहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाको उमेदवारी दर्ता भएको थियो । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उमेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उमेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ ।