काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी अध्यक्षका प्रत्याशी लिङ्देनको प्यानलबाट पार्टीको महामन्त्रीको लागि रेखा थापाले पनि मनोनयन दर्ता गर्नुभएको छ । जारी एकताको महाधिवेशनबाट नयाँ नेतृत्वका लिङ्देनले अध्यक्ष र थापाले महामन्त्रीमा मनोनयन दर्ता गराउनु भएको हो ।


यसैगरी अध्यक्षका अर्का प्रत्याशी वर्तमान अध्यक्ष कमल थापा र महामन्त्रीमा कुन्ती शाहीले आफ्नो मनोदयन दर्ता गराउनु भएको छ । राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । राजेन्द्र लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ र समर्थन रहेको छ भने अर्का अध्यक्ष पशुपति शमसेर जबरा अहिलेसम्म प्रष्ट खुल्नु भएको छैन ।


पार्टीमा लिङ्देनलाई स्वच्छ छवि र बौद्धिक युवा नेताका रुपमा हेरिन्छ । प्रतिनिधिसभामा राप्रपाबाट प्रतिनिधित्व गर्ने लिङ्देनले पार्टीको आगामी नेतृत्व हत्याउने सम्भावना बलियो छ । नयाँ नेतृत्वका लागि भोलि शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसलगत्तै मतगणना हुने बताइएको छ ।