काठमाडौं – प्रधानमन्त्रीसमेत रहन ुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस प्रदेश नम्बर–१ को अधिवेशन उद्घाटन गर्नुभएको छ । सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गर्नुभएको हो । सभापति देउवाले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनेपछि हिजो अधिवेशन उद्घाटन स्थगित गरिएको थियो ।

उद्घान मन्तव्यमा देउवाले भन्नुभयो, “काङ्ग्रेसले गरेका ठूलठूला सङ्घर्षको परिणामस्वरूप आएको सङ्घीयताअनुरूपको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ ।” “आगामी केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने भएकाले संयमित र अनुशासित भएर आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिनुहोला ।”

देउवाले प्रदेश–१ अधिवेशनको पूर्ण सफलताको कामना गर्दै मन्तव्य अन्त्य गर्नुभएको थियो ।