रुकुम – आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नं को ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् । आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उहाँको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले जानकारी दिनुभयो ।