काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यहि मंसिर २८ गते मङ्गलबार संसद् अधिवेशन आह्वान गर्नुभएको छ । हिजो बिहीबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो । प्रवक्ता सागर आचार्यका अनुसार संसद् अधिवेशन मंसिर २८ गते मङ्गलबार दिउँसो २ बजेको लागि बोलाइएको छ ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को बिहीबारको सिफारिसमा मंसिर २८ गते मङ्गलबार दिनको २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।