काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आज ६ वटा अध्यादेश जारी गर्नुभएको छ । जसअन्तर्गत महिला हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय ) (पहिलो संसोधन) अध्यादेश जारी भएको छ ।

यस्तै तेजाब तथा अन्य घातक रासायानिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।