फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को एकता महाधिवेशन आजबाट हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १७ गतेसम्म अधिवेशन सञ्चालन हुने भएको छ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् ।

लिङदेनलाई पशुपति शमशेर राणाको टिम र डा. प्रकाशचन्द्र लोहनीको साथ छ । पूर्वअध्यक्ष पशुपतिशमशेर राणा तथा युवा नेताहरुको समूहले समर्थन जनाउँदै लिङदेन जिताउ अभियान सञ्चालन गरिरहेको छ ।

वि.स.२०५९ सालमा राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेर अध्यक्ष भएका कमल थापा पार्टी एकता वा विभाजन जुनसुकै बेला पार्टीको अध्यक्ष छन् । पार्टीभित्र एकछत्र राज गरेका उनलाई आसन्न अधिवेशन भने एकपछि अर्को गर्दै जटिल बनिरहेको छ । थापालाई उनकै पार्टीका महामन्त्री लिङदेन र धवलसमशेर जवराको टिमले चुनौती दिएको छ ।