चितवन – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दशौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शपथ ग्रहण गरेका हुन् । ओलीलाई निर्वाचन आयोगका संयोजक विजय सुब्बाले शपथ गराएका छन् ।

उनी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेको १०औँ महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । त्यस्तै एमालेको १९ सदस्यीय पदाधिकारी पनि निर्वाचित भएको छ ।