काठमाडौं – नेकपा एमालेको सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत लिएका छन् । चितवनको सौराहामा आज अपराह्न सकिएको मत गणनाअनुसार गोकर्ण १ हजार ९ सय ७६ मतका लागि सचिवमा निर्वाचित भएका हुन् । यस्तै, सचिवमा योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

गोकर्णपछि सचिवमा दोस्रो मत योगेशले पाएका छन् । योगेशले १ हजार ९ सय ६४ मत पाएका छन् । यसैगरी छविलाल र पद्माले १८–१८ सय मत पाएका छन् । सचिवमा निर्वाचित भट्टले १ हजार ७ सय ४, रायमाझीले १ हजार ७ सय र महासेठले १ हजार ५ सय १३ मत प्राप्त गरेका छन् । सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टङ्क कार्की भने पराजित भएका छन् । सचिवमा पराजित आचार्यले ३ सय र कार्कीले ५ सय मत पाएका छन् ।