फाइल तस्वीर

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उहाँमा सङ्क्रमण भेटिएको जनाइएको छ । कोरोना सङ्क्रमित भएपछि प्रधानन्यायधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना हुनु भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।