काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी भीम रावलले आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने काम भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भएको छ । रावलले यस्तो कार्यले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ –चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।