काठमाडौं – नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि आज राति ९ बजेदेखि १ बजेसम्मको समय छुट्याएको छ । महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

अध्यक्षसहित उपाध्यक्ष, सचिव पदमा निर्वाचन हुने एमालेको दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयले जनाएको छ । एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । मतदान आज राति ९ बजेदेखि १ बजेसम्म हुने भएको छ ।