काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा थप सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।