काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टङ्कलाल घिसिङ नियुक्त हुनुभएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तात्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त हुनुभएको थियो । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस सिमिति गठन गरेको थियो ।

दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।घिसिङ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय समितिका सदस्य पनि हुनुहुन्छ ।