काठमाडौं – एमालेले दशौँ महाधिवेशनअन्तर्गत आइतबार मध्यराति सुरु भएको बन्दसत्रले केन्द्रीय कमिटीको नामावली अनुमोदन गरेको छ । एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी तयार पारेको छ । महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउने दाबी गर्दै आएका केही व्यवसायी भने आफ्नो प्रयासमा असफल भएका छन् । महाधिवेशनमा विशेष सक्रियता देखाउने पात्रमध्येका हुन् दुर्गा प्रसाईं र बसरुद्दिन अन्सारी ।

ओलीलाई ’बा’ भन्ने प्रसाईंले त आफू केन्द्रीय कमिटीमा जसरी पनि आउने दाबी गर्दै आएका थिए । निर्वाचन लड्दा पनि आफूले लोकप्रिय मत पाउने र सहमतिमा पनि आफ्नो नाम पर्ने उनको दाबी थियो ।

त्यस्तै अन्सारी पनि मधेशी कोटाबाट केन्द्रीय सदस्यमा आउने चर्चा रहेको थियो । तर बन्दसत्रमा अनुमोदन गरिएको सूचीमा यी दुवै जनाको नाम भने परेको छैन ।