काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र सदस्यहरुको नामावली बन्दसत्रमा पेश गर्नु भएको छ । एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीले तयार गर्नुभएको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बन्दसत्रमा पेश गर्नुभएको जानकारी दिनुभयो ।