फाइल तस्वीर

चितवन – नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्र एक घण्टा पछि सारिएको छ । अहिले साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको हो । बन्दसत्र सारेर अहिले सेभन स्टार होटलमा महाधिवेशन अध्यक्षमण्डलको बैठक बसेको छ । बैठकमा केपी ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्टमाथि छलफल भइरहेको बताइएको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ’बादल’, स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित रहेका छन् ।