चितवन – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभएको छ । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुर–याउने काम नगरौं । पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरु नगरौं ।’ पार्टीको १० औं महाधिवेशन अन्तरगत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकजना मात्रैको अस्वस्थ व्यवहारले सिङ्गो पार्टीको छविमा आँच आउने बताउनु भयो ।

उहाँले भन्नुभयो ’लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धाका रुपमा मात्रै बुझ्न हुदैन ,कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्वाकाङ्क्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं । बन्दसत्रमा ओलीले भन्नुभयो ‘फेरि पनि पालो आउँछ । हामीसँग सानो भए पनि देश छ । यत्रा पालिकाहरु छन् । प्रदेशसभा छन् । प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ । अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन् । अहिले नभए अर्को समय आउँछ । हतारोका साथ प्रतिस्पर्था नगरौं । लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन । यतिबेला सिङ्गो देशले हामीलाई हेरिरहेको छ ।’

महाधिवेशनमा सहभागी प्रतिनिधिलाई ओलीले भन्नुभयो पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगरौ । अध्यक्ष ओलीले नेता कार्यकर्ताले बुझेर वा नबुझेर नीति र विचार छैन भने पनि अब त्यसो नगरौं भनी आग्रह गर्नुभएको छ ।