चितवन – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनको बन्द सत्रमा लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै उठेर हिँडेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्रमा लामो समय बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट बाहिरिएका हुन् ।

कम्बोडिया, बङ्गलादेश, श्रीलङ्का, भारतका कम्युनिस्टसहित विभिन्न पार्टीका नेता बीचमै कार्यक्रम स्थलबाट हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोड्नु भएको थियो ।

एमाले अध्यक्ष ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उहाँले सम्बोधन नै रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरि बोल्न सुरु गर्नुभयो । सम्बोधनकै क्रममा कार्यक्रममा ओलीले लामो समय बोल्दा प्रतिनिधिहरू नै झिँजो मानी टेन्ट बाहिर गफमा मस्त रहेका छन् ।